images

विराटनगरमा स्टाफ नर्सको शव बीभत्स अवस्थामा भेटियो

काठमाडौं–विराटनगरमा एक जना स्टाफ नर्सको शव शौचालयमा भेटिएको छ । विराटनगर महानगरपालिका–४ स्थित एउटा घरमा २३ वर्षीया चन्द्रिकाकुमारी दासको शव बीभत्स अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स समेत रहेकी उनी डेरा बसेको घरको कोठामा हत्या गरेर शौचालयमा शव फालिएको अवस्थामा शव भेटिएको थियो ।

सिराहाको फुल्काहकट्टी घर भएकी दास अस्पतालनजिक विराटनगर– ४ बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्दै आएकी थिइन् । उनी डेरा बस्न थालेको ३–४ महिना मात्रै भएको थियो ।

डेरा बसेको घरको कोठाभित्रको शौचालयमा शुक्रबार दिउँसो शव फेला परेको हो । दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा गहिरो चोट छ । उनीमाथि धारिलो हतियार प्रहार भएको र हत्याराको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।