images

दशरथ रङ्गशालामा खेल बाहेकका गतिविधि गर्न मन्त्रालयको रोक

काठमाडौं– युवा तथा खेलकुद मन्त्रालयले दशरथ रङ्गशालामा खेल बाहेकका अन्य गतिविधि गर्न रोक लगाएको छ ।
मन्त्रालयले शुक्रवार विज्ञप्ति जारी गर्दै दशरथ रङ्गशाला मैदानको मर्मत नहुँदासम्म र रङ्गशालाहरूको सञ्चालन सम्बन्धमा आवश्यक मापदण्डसहितको कार्यविधि जारी नहुँदा सम्मका लागि रङ्गशालामा खेल बाहेकका अन्य गतिविधि गर्नका लागि स्थगित गर्न परिषद्लाई निर्देशन हो ।
फिफा विश्वकप २०२६ छनौट फुटबल प्रतियोगिता अन्तर्गत नेपाल र बहराइनबिच हुने भनिएको दुवै खेल दशरथ रङ्गशालाको नाजुक स्थितिको कारण बहराइनमा हुने भनेर एन्फाले सूचना जारी गरेको थियो ।
रङ्गशाला मैदानको नाजुक अवस्थाकै बिच मर्मतसंभार बिना नै निरन्तर खेलकुद लगायत अन्य गतिविधिहरूका लागि उपलब्ध गराएपछि मैदान फुटबल खेल्न नमिल्ने भएको छ । उक्त गतिविधिप्रति मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ ।
राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ९ ९ड० ले परिषद्लाई स्पष्ट रूपमा खेलकुद सञ्चालन तथा पूर्वाधार निर्माण सम्बन्धी मापदण्ड बनाउन सक्ने आधार दिएको छ । त्यसै गरी राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को नियम २० ९ १ ० ले मन्त्रालय आफैले वा परिषद् मार्फत रङ्गशालाको मर्मत सम्भार गर्न सक्ने आधार दिएको विज्ञप्तिमा उल्लेख छ ।
उपर्युक्त कानुनी व्यवस्था अन्तर्गत रहेर राष्ट्रिय खेलकुद परिषद्सँग समन्वय गरी नीतिगत अन्यौलताको छिट्टै अन्त्य गर्दै दशरथ रङ्गशालासहित देशका अन्य रङ्गशालाहरूको सञ्चालन सम्बन्धमा आवश्यक मापदण्ड सहितको कार्यविधि जारी गर्ने र खेल क्यालेन्डर बनाउने प्रक्रिया अगाडि बढिसकेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले नेपाली खेल क्षेत्रका विविध विकृतिहरूको अन्त्य गर्दै खेलाडी र खेल प्रेमी दर्शकहरूलाई आउने दिनमा घरेलु मैदानमा खेल्न पाउने अवसर नगुमाउने तर्फ सम्पूर्ण तयारी गर्ने प्रतिबद्धता जनाएको छ ।
हेर्नुहोस् विज्ञप्ति :