images
images

फुट्यो बाबुरामको पार्टी, महीन्द्र समूहले माओवादीसँग पार्टी एकता गर्ने

काठमाडौं– पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नसपा फुटेको छ।

नेसपाकै अर्का अध्यक्ष महीन्द्र यादव समूहले सत्तारुढ नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने सहमति गरेसँगै नसपा दुई चिरा परेको हो।

शनिबार बिहान यादव पक्षको नसपा र माओवादी केन्द्र बिच भएको वार्ताले पार्टी एकता गर्ने लिखित सहमति गरेको हो।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नसपा अध्यक्ष डा। भट्टराई भने पार्टी एकता गर्न हुँदैन भन्ने पक्षमा थिए। सोही कारण अर्का अध्यक्ष र उनीबिच पार्टीभित्र टकराब बढ्दै गएको थियो।

यही बिच नेसपाले माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेको छ। बाबुराम भट्टराईलाई पनि सहभागी गराउने प्रयास असफल भएपछि नसपा फुटाएर महीन्द्र रायले माओवादीसँग एकता गर्ने सहमति गरेका हुन् ।

माओवादीका अध्यक्ष प्रचण्डको अध्यक्षतामा आज बसेको एकता संयोजन समितिको बैठकले पार्टी एकता गर्ने सहमति गरेको छ ।

बैठकले एकीकृत पार्टीको नाम भने आगामी महाधिवेशनबाट टुङ्गो लगाउने निर्णय गरेको छ । साथै, पार्टी एकताका लागि वैचारिक एकरूपता र सङ्गठनात्मक तयारीका लागि कार्यदल पनि गठन गरेको छ ।

कार्यदलमा माओवादीको तर्फबाट महासचिव देवप्रसाद गुरुङ र उपमहासचिव जनार्दन शर्मा तथा नेसपाबाट सहअध्यक्ष गङ्गानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव रहेका छन् ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS