images

रसुवामा भूकम्पको धक्का

काठमाडौं–रसुवा जिल्ला केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का गएको छ । आइतबार बिहान रसुवालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जिल्लाको जुरे ढुङ्गा केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
बिहान ९ बजेर ४४ मिनेट जाँदा भूकम्प गएको थियो । भूकम्पको तीव्रता ४ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि फागुन २८ गते बाजुराको जुगाडा भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।