images

रास्वपाले मन्त्रीलाई सघाउन विज्ञ समूह बनाउने 

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आफ्ना मन्त्रीहरूलाई सघाउने उद्देश्यका साथ विज्ञ समूह बनाउने भएको छ ।  सम्बन्धित विषयमा विज्ञता हासिल गरेका र अनुभव भएकाहरूलाई विज्ञ समूहमा राख्ने रास्वपाले जनाएको छ ।
आइतबार बिहान  रास्वपाका चार मन्त्री र उपसभापति स्वर्णिम वाग्ले, महामन्त्री डा.मुकुल ढकाल र सांसद शिशिर खनालको सहित बसेको बैठकले उक्त निर्णय गरेको हो । साथै  बैठकले सरुवा, बढुवा तथा नियुक्तिको अनुचित सिफारिस गर्नेलाई कारबाही गर्ने निर्णय गरेको  महामन्त्री ढकालले जानकारी दिए ।
राजनीतिक नियुक्तिमा परिवारवाद निषेध गर्ने र मेरिटोक्रेसीलाई प्रधान मान्ने लगायतका निर्णय समेत गरेको छ । मन्त्रीहरू र पार्टीबिच समन्वय गर्न डा. स्वर्णिम वाग्लेको नेतृत्वमा महामन्त्री ढकाल र शिशिर खनाल रहेको समन्वय समिति गठन गरिएको छ । समितिको सचिवको जिम्मेवारी शिशिर खनाललाई दिइएको छ ।