images
images
images

 महरासहितका व्यक्तिलाई तत्काल कारबाही गर्न गृहमन्त्री लामिछानेको निर्देशन 

काठमाडौं– उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले दाेषि करार गरेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासहितलाई तत्काल कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् ।
सुनको अवैध पैठारी(तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहमन्त्री लामिछानेले गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई निर्देशन दिएका हुन।
आइतबार बिहान गृह मन्त्रालयमा  भएको छलफलमा मन्त्री लामिछानेले कृष्णबहादुर महरासहित प्रतिवेदनले औँल्याएका निजामती तथा प्रहरी कर्मचारीलाई कारबाही गर्न निर्देशन दिए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS