images

जसपाकी सांसद मञ्जु शर्मा अन्सारीको निधन

काठमाडौं– प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन भएको छ । उनको उपचारको क्रममा काठमाडौंको सिभिल अस्पतालमा निधन भएको हो ।
अन्सारी वि.स.२०७९ चैत १९ गते प्रतिनिधि सभा सदस्यमा जनता समाजवादी नेपालबाट समानुपातिक तर्फबाट चयन भएकी थिइन् । जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा उनी सांसद मनोनीत भएकी थिइन् ।
२०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०४६ सालको आन्दोलन देखि राजनीतिक यात्रा सुरुआत गरेकी उनी सद्भावना पार्टीमा आबद्ध भई २०४६ सालदेखि २०५६ सम्म उपत्यका महिला इन्चार्जको जिम्मेवारी सम्हालेकी थिइन् ।

सभामुख देवराज घिमिरे आज नै सिभिल अस्पतालमा पुगेर शोक प्रकट गरेका छन् ।