images
images

सांसद अन्सारीको निधन प्रति शोक प्रस्ताव पारित

काठमाडौं–प्रतिनिधि सभा बैठकले सांसद मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पनि पारित गरेको छ। आइतबार बसेको बैठकले जनमत पार्टीकी सांसद अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो ।
शोक प्रस्ताव सर्व सम्मतिले पारित भएको सभामुख देवराज घिमिरेले बताए।
अन्सारीको निधनमा सांसदहरूले एक मिनेट मौन धारण पनि गरेका थिए।
प्रतिनिधि सभाको अर्को बैठक सोमबार बिहान ११ बजे बस्ने सभामुख घिमिरेले बताए।