images
images

आफ्नै नेता कुट्ने राप्रपाका सहायक महामन्त्री सहित तीन जना नेता निलम्बित 

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिका सदस्य ठाकुर मोहन श्रेष्ठलाई कुटपिट गरेको आरोपमा सहायक महामन्त्री प्रेम बलायर सहित तीन जना निलम्बनमा परेका छन् ।
केन्द्रीय कार्यसम्पादन समितिले सहायक महामन्त्री बलायर, काठमाडौं–४ का क्षेत्रीय अध्यक्ष रिद्दीप्रताप राणा र राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनका महासचिव नीराजन बमलाई निलम्बन गरेको राप्रपाले जनाएको छ ।
राप्रपाका एक पदाधिकारीका  अनुसार तीनै जना चार वर्षका लागि निलम्बनमा परेका हुन्।
राप्रपा बैठकमा पार्टी उपाध्यक्ष विक्रम पाण्डेको आलोचना गरेको भन्दै फागुन २७ गते श्रेष्ठमाथि कुटपिट भएको थियो। निलम्बनमा परेका तीनै जना पाण्डे निकट मानिन्छन्।
केन्द्रीय अनुशासन समितिले भिडिओ फुटेज लगायतको आधारमा छानबिन गरेर उनीहरूलाई निलम्बनका लागि सिफारिस गरेको थियो।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS