images

बच्चा चोरीको आरोपमा पक्राउ परेकी महिलालाई डेढ लाख धरौटीमा छोड्न अदालतको आदेश 

काठमाडौं– काठमाडौँको थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालबाट बच्चा चोरीको आरोपमा पक्राउ परेकी मनकुमारी सिंहलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छोड्न आदेश दिएको छ।
दैलेखको नौमुले घर भएकी सिंहलाई जिल्ला अदालत काठमाडौैका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले १ लाख ५० हजार धरौटीमा छोड्न आदेश दिएको हो।
गत फागुन ११ गते प्रसूति गृहबाट २६ दिने बालिका चोरी गरेको आरोपमा पक्राउ परेकी सिंहलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अपहरण तथा शरीर बन्धक कसुरको अभियोग पत्र दायर गरेको थियो।
सिंहले काभ्रेको चौरीदेउराली गाउँपालिका३ घर भएर कपन बस्ने सबिना श्रेष्ठको २६ दिने बच्च चोरेकी थिइन् ।