images

गगन थापाकाे प्रश्नः आँफै सहकारी ठगीमा मुछिएका गृहमन्त्रीले कसरी निष्पक्ष छानविन गर्लान ?

काठमाडौं–नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगन थापाले गृहमन्त्री रवि लामिछानेलाई अनुसन्धान र छानबिनको दायरामा ल्याउन सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको बैठक सुरु हुनेवित्तिकै कांग्रेस सांसदहरूले उठेर विरोध जनाएको थिए। कांग्रेसले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले कांग्रेस सांसद गगन थापालाई बोल्न समय दिएका थिए ।
सांसद थापाले रवि लामिछाने नै सहकारी ठगी प्रकरणमा मुछिएको आरोप लगाउँदै उनीबाट निष्पक्ष छानबिन हुनेमा आंशका व्यक्त गरे । प्रधानमन्त्रीको जवाफ माग्दै थापााले भने, सहकारी ठगीमा आफैँ मुछिएका गृहमन्त्रीले कसरी फेयर ढङ्गले छानबिन हुन्छ भन्ने विश्वास गर्ने ?
सांसद थापाले सुन काण्डमा सरकारले गरेको कामको प्रशंसा गर्दै यसै गरी सहकारी ठगीमा संलग्न जो कोहीलाई पनि निष्पक्ष छानबिन गरेर कारबाही गर्न गर्न आग्रह गरे ।
उनले सुन तस्करी आयोगले किटानी गरेको एउटा मान्छे छुट्नु नहुने बताउँदै, सहकारी अर्वाै रकम हिनामिना गर्ने रवि लामिछानेसहितका व्यक्तिमाथि अनुसन्धान हुनु पर्ने र त्यसका लागि लामिछानेले सरकारलाई सहयोग गर्नु पर्ने समेत बताए ।