images

महरालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) पुर्‍याइयो

काठमाडौं–नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)मा उपस्थित गराएको छ । सीआइबीमा महराविरुद्ध मुद्दा उठाएर आजै सरकारी वकिलको कार्यालयमा पेस गरिने सीआइबी प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिएका छन् ।

महरालाई म्याद थप्नका लागि सरकारी वकिलको कार्यालयमा उपस्थित गराइने छ । महरालाई सोमबार कपिलवस्तुको पकडीबाट प्रहरीले नियन्त्रणमा लिइएको थियो ।

आइतबार मात्र गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका सबै जनामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरीलाई निर्देशन दिएका थिए ।

साउन २ मा ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो र २०७९ पुसमा विद्युतीय चुरोट (भेप) मा ल्याइएको ९ किलो सुन तस्करीमा पूर्व सभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, छोरा राहुल, पूर्व उपराष्ट्रपतिका छोरा दीपेश पुन र परराष्ट्र विज्ञ जीवन गुरुङसहित मुछिएका थिए ।