images

पूर्व उपराष्ट्रपति पुनका सल्लाहकार गुरुङ धरौटीमा रिहा

काठमाडौं–पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवन गुरुङ धरौटीमा रिहा भएका छन्। १४ किलो सुन प्रकरणमा पक्राउ परेका गुरुङलाई काठमाडौं जिल्ला अदालतले १५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
१४ फागुनमा पक्राउ परेका गुरुङविरुद्ध त्रिभुवन विमानस्थल भन्सार कार्यालयले १ अर्ब ४० करोड बिगो माग दाबी गर्दै शुक्रवार मुद्दा दर्ता गरेको थियो।
दुबईबाट आएको १४ किलो सुन तस्करीमा उनको कनेक्सन देखिएको प्रहरीको दाबी छ।