images

 महरालाई चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौं–सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्व सभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
सुन प्रकरणमा अनुसन्धानका लागि उनलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको प्रहरीले जनाएको छ ।  पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी सम्बन्धी आयोगले महरामाथि मुद्दा चलाउन सिफारिस गरेपछि सोमबार बिहान कपिलवस्तुबाट पक्राउ परेका थिए ।
लगत्तै उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बयान लिइसकेपछि सरकारी वकिलको कार्यालय मार्फत अनुसन्धानका लागि म्याद थप्ने प्रक्रिया अघि बढाएको थियो ।