images

मोस्टवान्टेड सूचीमा रहेका दुई भारतीय नागरिकलाई प्रहरीले गोली हानि नियन्त्रणमा लियो

काठमाडौं–मोस्टवान्टेड सूचीमा रहेका दुई जना भारतीय नागरिकलाई सर्लाही प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ । प्रहरीले बरहथवा नगरपालिका– ६ मा डेरा गरी बसिरहेका भारत बिहार सीतामढी सैयाराग्राम बस्ने लक्ष्मण सिंहको छोरा वर्ष २८ वर्षीय सन्नीकुमार सिंह र मोतीहारी गंगापिपरा बस्ने अशोक राउतका छोरा २४ वर्षीय जितेन्द्र राउतलाई गोली हानेर  नियन्त्रणमा लिएको हो ।
भारतीय प्रहरीको सूचनाको आधारमा पक्राउ गर्न गए राति साढे ८ बजे सर्लाही प्रहरीको टोली पुगेपछि जितेन्द्रले प्रहरीमाथि गोली चलाएका थिए । उनीहरूको साथबाट ९ एमएम प्रिस्टन एक राउन्ड फायर र म्यागेजिन पनि बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनलाई पक्राउ गरी लैजाने क्रममा बाटोमा भ्यान परिवर्तन गर्ने बेला पनि जितेन्द्र भाग्न खोजेका थिए । त्यसपछि प्रहरीले खुट्टामा गोली हानेर पक्राउ गरेको प्रहरीले जनाएको छ। गोली लागेर घाइते जितेन्द्रको उपचार प्रादेशिक अस्पताल मलंगवामा भइरहेको छ । उनका दुवै खुट्टामा गोली लागेको छ ।