images

रवि लामिछाने सहकारीका विषयमा जोडिनु भएको छैन: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस लगायतका सांसदहरूले राखेका प्रश्नको जवाफ दिएका छन्।  गृहमन्त्री लामिछाने सहकारी प्रकरणमा दोषी नभएको प्रस्ट पारेका छन् ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले लामिछानेले राजीनामा मागिरहेको अवस्थामा प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् । सम्बन्धित सहकारी प्रतिवेदनका आधारमा समेत लामिछाने निर्दोष भएको भन्दै बचाउ गरे । उनले आफूले सुशासनमा प्राथमिकता राखेको बताउँदै उनले गृहमन्त्रीका विषयमा उहाँ सहकारी समिति,ऋण समिति र अन्य कुनै पनि विषयमा नजोडिएको प्रस्ट पारे।
प्रधानमन्त्री प्रचण्डले सूर्य दर्शन सहकारीका बचतकर्ताले  लामिछानेको नाममा उजुरी  नरहेको बताए । उजुरी परेका १९ जना मध्ये चार जना पक्राउ परेको बताउँदै उनले कास्की प्रहरीमा पूरक जाहेरीमा भने लामिछानेको नाम जोडिएको बताए । उहाँ सहकारी हिनामिनामा जोडिनु भएको छैन उनले भने, प्रहरीकाे प्रतिवेदनमा रविको नाममा अनुसन्धान हुनु नपर्ने प्रस्ट छ ।
उनले रवि लामिछाने सरकारमा सहभागी भएपछि लामिछानेको नाम प्रतिपक्षले उठाएको बताए । तर प्रधानमन्त्री प्रचण्डले सुशासन कायम गर्ने सवालमा कुनै पक्षसँग सम्झौता नगर्ने बताए ।
ठाडो उजुरी पर्ने बित्तिकै यो विषयलाई राजनीतिकरण नगर्न आग्रह गर्दछु। प्रधानमन्त्री प्रचण्डले कांग्रेसले यस्तो विषयमा राजनीति गर्नु भन्दा अरू जनताका विषयमा सदन सुचारु गर्न अनुरोध गरे ।