images

पाँच दलीय गठबन्धनको साझा सङ्कल्प, भ्रष्टाचारको फाइल खोल्ने र दोषीलाई नछोड्ने

काठमाडौं–सत्तारुढ पाँच दलीय गठबन्धन दलले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सिंहदरबारबाट साझा कार्यक्रम सार्वजनिक गर्दै सबै प्रकारका भ्रष्टाचारको फाइल खोल्ने कुरा पाँच दलीय गठबन्धनको साझा कार्यक्रम भएको बताए । उनले दोषी कसैलाई पनि नछाड्ने बताए ।
जसमा कुनै पनि कालखण्डको भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि छानबिन गर्ने उल्लेख छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता नियामक निकायलाई कानुन, जनशक्ति, स्रोत र साधनबाट अधिकार सम्पन्न बनाई भ्रष्टाचार निवारण र सदाचारको प्रत्याभूति गर्ने पाँच दलको सङ्कल्प छ ।
यस्तै उनले रोजगार र सुशासन समेत प्रभावकारी ढङ्गले अगाडि बढाउने बताए । उनले राष्ट्रिय परिचय पत्रलाई पनि कार्यनयनमा ल्याउने बताए ।
पाँच दलीय गठबन्धनले १० जना नेताको संयन्त्र बनाएर न्यूनतम कार्यक्रम बनाएको थियो ।  फागुन २१ गतेबाट औपचारिक रूपमा पाँच दलीय गठबन्धन अगाडि बढेको छ  । भने फागुन ३० गते प्रधानमन्त्रीले विश्वासको मत लिएका  थिए ।