images

रवि लामिछानेमाथि छानविन गर्न संसदीय समिति गठन नगरे आगामी बैठक चल्न नदिने कांग्रेसको चेतावनी

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगीका विषयमा संसदीय छानबिन समिति गठन गर्न पुनः माग गरेको छ ।
बुधवार बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका समिति गठन नभएसम्म संसद् बैठक सहज रूपमा चल्न नदिने चेतावनी दिइन् ।
उनले प्रतिपक्षीको जायज मागमा सुनुवाइ नभए आगामी संसद् बैठक सरकारकै गैर जिम्मेवारका कारण चल्न नसक्ने चेतावनी दिइन् ।
उनले भनिन्, ‘आउँदो सदनमा सरकार पक्षले समिति बनाउन मानेन भने यो सदन हामीले होइन सत्तापक्षलाई यो सदन चाहिएको रहेनछ, जनताको काम चाहिएको रहेनछ भन्ने बुझ्छौँ ।’
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ईश्वरीदेवी न्यौपानेले गृहमन्त्रीले प्रतिपक्षले चार वर्ष सदन अवरुद्ध गरोस् हामी सरकार चलाइरहन्छौँ भनेकोप्रति आपत्ति जनाइन्।