images
images

हिउँदे वर्षातले भोजपुरका किसानहरू खुसी

भोजपुर–लामो समयपछि हिउँदे वर्षात भएपछि भोजपुरका किसान खुसी भएका छन् । लामो खडेरीको मार परेका किसान वर्षात भएपछि खुसी भएका हुन् । वर्षातले फलफूलका बिरुवासँगै हिउँदे बालीको उत्पादन राम्रो हुने किसानको भनाइ छ ।

खडेरीका कारण हावाहुरीसँगै आगलागीका घटना बढी रहेको अवस्थामा वर्षात भएकोले राहत मिलेको भोजपुर नगरपालिकाका स्थानीय किसान रूपनारायण फुयाँलले बताए ।पानी नपर्दा हिउँदे बाली बारीमा नै सुकेको अवस्थामा ढिलै भएपनि हिउँदे वर्षात राहत मिलेको उनको भनाइ छ ।

दिउँदे बालीको उत्पादन बढ्नेमा आशावादी रहेको उनको भनाइ छ ।समयमा हिउँदे वर्षा नहुँदा बालीनाली सुकेको तिवारीभञ्याङका स्थानीय किसान टिकाराम तिवारीले बताए । वर्षातले किसानलाई लाभ पुगेको उनको भनाइ छ ।

हिउँदे वर्षातले गहुँ,जौ, तोरी,आलु, गोलभेँडालगायत नगदे बालीलाई फाइदा पुग्ने कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । भोजपुरका सबै भूभागमा बुधवारबाट निरन्तर वर्षात भइरहेको छ । यहाँ विगत छ महिनादेखि पानी पर्न सकेको थिएन ।