images

दलित समुदायबाट पनि मन्त्री बन्न सक्छन्ः ओली 

काठमाडौं–सत्तारुढ नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दलित समुदायलाई पनि सङ्घीय सरकारको मन्त्री बनाउने घोषणा गरेका छन् । नेपाल उत्पीडित जातीय मुक्ति समाजले बिहीवार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा ओलीले यस्तो बताएका हुन् ।
दलित समुदायले कहिलेकहिले मन्त्री किन भएन भन्ने प्रश्न गरेको भन्दै उनले एउटा ठाउँ मन्त्री परिषद्मा रहेकाले एक जना दलित समुदायका व्यक्ति मन्त्री हुने बताए । उनले सबै जाति, समुदाय एकैचोटी मन्त्री हुन सम्भव नभएको पनि स्पष्ट पारे ।
अध्यक्ष ओलीले सामाजिक न्यायको पक्षमा आफ्नो पार्टीले सदैव सङ्घर्ष गर्दै आएको दाबी पनि गरे ।