काठमाडौं– भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल सर्वोच्च अदालत गएका छन्। मुख्यमन्त्री केजरीवाल पक्राउ गरेको विरुद्ध भारतको सर्वोच्च अदालतमा रिट दर्ता भएको हो। उक्त रिटमाथि शुक्रवार नै सुनुवाइ हुने भारतीय सञ्चार माध्यमले लेखेका छन्।
केजरिवालसँगै यो मुद्दामा पूर्व उपमुख्यमन्त्री मनिष सिसोदियासँगै आम आदमी पार्टीका नेता मुछिएका छन्।
आदमी पार्टीका नेताले पक्राउ परेका मुख्यमन्त्री केजरीवालले हिरासतबाटै सरकार चलाउनेसमेत बताएका छन्। केजरीवाल पक्राउ परेकोप्रति भारतका प्रतिपक्षी दलहरुले समेत विरोध गरेका छन्।
यसअघि भारतको इन्फोर्समेन्ट डिरेक्टोरेट (इडी)ले भ्रष्टाचारका सम्बन्धमा बयानका लागि उपस्थित उनलाई पुर्जी जारी गरेको थियो।
भ्रष्टाचार विरोधी अभियानबाट राजनीतिमा उदाएको आम आदमी पार्टीका नेता केजरीवालमाथि मदिरा घोटाला प्रकरणको आरोप लगाइएको छ। आर्थिक अनियमितता र भ्रष्टाचारमाथि छानबिन गर्न बनेको इडीले केजरीवालालई नवौँ पटकको प्रयासपछि बयानका लागि बिहीबार साँझ गिरफ्तार गरेको हो।