images

बाँसबारी छाला जुत्ता कारखानाकाे जग्गा सरकारको नाममा फिर्ता ल्याइने निर्णय

काठमाडौं –चौधरी ग्रुपले कब्जा गरेको बाँसबारीस्थित १० रोपनी जग्गा सरकाको नाममा फिर्ता ल्याइने भएको छ ।

भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले सो जग्गा सरकारकै भएको ठहर गर्दै आज उक्त निर्णय गरेको हो । कार्यालयका अधिकारीले मालपोत ऐन २०३४ को दफा २४ भएको व्यवस्था अनुसार उक्त जग्गा सरकारको नाममा ल्याएको बताए । दुई पटक गएर १० रोपनी जग्गा च्याम्पियन फुटवेयरको नाममा नामसारी भएको थियो ।

केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा जग्गा ल्याइएको जानकारी दिइएको हो।

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले व्यवसायी अरुण चौधरी, कारखानाका कार्यकारी अध्यक्ष अजित नारायण सिंह थापा र सञ्जय ठाकुरलाई माघ १८ गते पक्राउ गरेको थियो।

सिआइबीले तीन महिनाभन्दा बढी समय अनुसन्धान गरेर उक्त सरकारी जग्गा निजीकरण गरेको फेला पारेको भन्दै तीन जनालाई पक्राउ गरेको थियो। उक्त प्रकरणमा उधाेगी एवम् नेपाली कांग्रेसका सांसद विनाेद चाैधरीसँग पनि सिआइबीले बयान लिएकाे थियाे ।