images

काठमाडौंका ९० भन्दा बढी ठाउँमा प्रहरीको चेकिङ, ड्रोनबाट सुरक्षा निगरानी

काठमाडौं– होली पर्वको अवसरमा काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ । होलीमा अप्रिय घटना रोक्न जिल्ला प्रहरी परिसर काठमाडौंले ९० भन्दा बढी ठाउँमा चेकिङ गरिरहेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले होली पर्व आम नेपालीका लागि मेलमिलापको पर्व भएकाले मर्यादित रूपमा मनाउन आग्रह गरे ।

उनले प्रहरीले विगतका घटनाहरूलाई मध्यनजर गरेर सुरक्षा प्रबन्ध मजबुत बनाएको जनाए । खत्रीका अनुसार काठमाडौंमा उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं परिसरका जनशक्तिलाई संयुक्त रूपमा परिचालन गरी ९० भन्दा बढी स्थानमा संयुक्त चेकिङको व्यवस्था गरिएको छ । यसै गरी, भिडभाड हुने ठाउँहरूमा ड्रोनबाट पनि निगरानी भइरहेको प्रहरीले जनाएको छ ।