images

सुनकोसी नदीमा बेपत्ता भएका तीन बालबालिका खोज्न बिहानैदेखि गोताखोर परिचालन 

काठमाडौं–होली खेलेर नुहाउन  सुनकोसी नदीमा गएका ३ जना बालबालिकाको अवस्था अझै अज्ञात रहेको छ । उदयपुरको त्रियुगा नगरपालिका–१४ धाप्लाङघाट स्थित सुनकोसी नदीमा पौडी खेल्ने क्रममा आइतबार दिउँसो तीन बालबालिका बेपत्ता थिए ।
साउनेबाट कोसीमा पौडी खेल्न गएका रुद्रबहादुर मगरकी छोरी १२ वर्षीया रेखा मगर, केदार मगरको ९ वर्षीय छोरा रिदम मगर र मेहरमान मगरको १२ वर्षीय छोरा लोकबहादुर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
उनीहरूकाे  खोजीका लागि बिहानैबाट सशस्त्र प्रहरी बलको गोताखोर टिम परिचालन गरिएको छ । आइतबार अबेरसम्म खोजी गरिएकोमा नभेटेपछि आज बिहानबाट पुनः खोजी सुरु गरिएको हो ।