images

अछाममा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु

काठमाडौं–अछाममा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
सोमबार बिहान मेल्लेख गाउँपालिका  सुयेडीमा सुदूरपश्चिम प्रदेश ०१००२त ४९७९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
स्थानीय गोविन्द खड्काका अनुसार दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको छ । दुर्घटनाको विस्तृत विवरण प्राप्त भई नसकेको खड्काले जानकारी दिए ।