images
images

कान्ति बाल अस्पतालले उपचार नगरी फर्काएकी सात वर्षीया बालिकाको मृत्यु 

काठमाडौं– महाराजगन्ज स्थित कान्ति बाल अस्पतालले उपचार नगरी फर्काएकी बागलुङ निसीखोलाकी सात वर्षीया बालिका सेन्जल शाहीको मृत्यु भएको छ।
गत मङ्गलवार राति पौने १२ बजे कान्ति बाल अस्पतालको इमर्जेन्सीमा पुर्‍याइएकी बालिकालाई कान्तिले भर्नै नगरी फिर्ता पठाएको थियो।  उनको चाबहिलस्थित नेपाल–भारत मैत्री अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको उनका आफन्तले जनाएका छन् ।
सिकिस्त भएर कान्ति बाल अस्पतालमा भर्ना गर्न ल्याएकी  बालिकालाई अस्पतालले भर्ना नै नगरी फर्काएको थियो ।,
गम्भीर अवस्थाकी बालिकालाई पीआईसीयूमा राखेर उपचार गर्नुपर्ने भन्दै कान्तिका चिकित्सकले फिर्ता पठाएका थिए। त्यति बेला अस्पतालमा पिआइसियू बेड खाली नभएको उनीहरूको दाबी छ।  उक्त घटनापछि कान्ति बाल अस्पतालको चौतर्फी आलोचना भइरहेको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS