images

ललितपुरमा दुई जनाको हत्यापछि १८ जना प्रहरीकाे नियन्त्रणमा 

काठमाडौं– ललितपुर महानगरपालिका–२६ ढोल हिटीमा गए राति दुई समूहबिच झडप हुँदा दुई जनाको ज्यान गएको छ ।
आइतबार राति नौ बजेको समयमा दुई समूहबिच झडप हुँदा दुई जनाको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदी जानकारी दिए ।
मृत्यु हुनेमा सुनसरी जिल्लाको धरान घर भई हाल ढोला हिटी बस्ने २८ वर्षीय रोवश राई र पाँचथर जिल्ला घर भई हाल खुमलटार बस्ने ३० वर्षीय पूजन राई रहेको  जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
 शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ । घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले गए राति नै १८ जनालाई नियन्त्रणमा लिएको छ । घटना पुरानो रिसिबीका कारण घटेको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।