काठमाडौं–सोमबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।
सोमबार बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो ।
बैठक स्थगित हुनुको कारण खुलाइएको छैन । यही चैत १८ गते ११ बजे बस्ने गरी बैठक स्थगित गरिएको छ ।
बैठकले महालेखा परीक्षक नियुक्त गर्न सिफारिस गर्ने बुझिएको छ । महालेखा परीक्षक पद लामो समयदेखि रिक्त छ । गत जेठमा टङ्कमणि शर्मा दंगालको कार्यविधि सकिएपछि उक्त पद रिक्त रहेको हो ।
संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरू संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्ति गर्ने व्यवस्था छ ।