images
images

लिखु गाउँपालिकाका पूर्व अध्यक्ष खड्कासहित पाँच जना भ्रष्टाचारमा दोषी ठहर

काठमाडौं- विशेष अदालतले रामेछापको लिखु तामाकोशी गाउँपालिका पूर्व अध्यक्ष गोविन्दबहादुर खड्कासहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतले खड्कासहित पाँच जनालाई दोषी ठहर गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय कारोबार गर्दा भ्रष्टाचार भएको भन्दै २७ जना विरुद्ध मुद्दा चलाएको थियो। उनीहरूमध्ये पाँच जना दोषी ठहर भएका छन् भने २२ जनाले सफाइ पाएका छन्।

खड्कासहित राजु प्रसाद न्यौपाने, टङ्कप्रसाद चौलागाई, दुर्गा बहादुर तामाङ र नोर्बु लामालाई अदालतले दोषी ठहर गरेको हो। खड्कालाई १ करोड ९९ लाख जरिवाना र ६ महिना कैद सजाय सुनाइएको छ।

त्यसै गरी न्यौपाने र चौलागाईंको एकमा जनही ३ महिना कैद र ६३ लाख जरिवाना हुने भएको छ। तामाङ र लामाको हकमा जनही ३ महिना कैद र रु ३१ लाख जरिवाना हुने भएको छ।