images
images
images

काठमाडौं महानगरपालिका ९० वर्षदेखि हराएका धार्मिक, सांस्कृतिक र सामाजिक संरचना पुनरुत्थान गर्दै

काठमाडौं– काठमाडौं महानगरपालिकाको वडा नं. ८ ले शताब्दीअघि हराएका धार्मिक, सांस्कृतिक तथा सामाजिक संरचना पुनरुत्थान गरिरहेको छ ।

यस क्रममा नबाली टोल ताम्रेश्वर मन्दिर नजिक सडक निर्माणबाट पाताल भएको इनार उत्खनन र पुनरुत्थान भइरहेको छ । यः पुखु पुनरुत्थान भइरहेको छ । वडाध्यक्ष एवं महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले भने, ‘सामाजिक परम्परा, पुराना तस्बिर, पाका मानिसहरूको स्मृति, लिखित प्रमाणजस्ता विभिन्न स्रोतका आधारमा पुनरुत्थान थालेका हौँ । प्राचीन महत्वका यस्ता संरचना पुनरुत्थान गरेर मात्र काठमाडौं सांस्कृतिक सहर हुन्छ ।’ उनले थप्दै भने, ‘नासिएका, हराएका, मेटिएका मौलिक सम्पत्ति जोगाएर मेरो भनेर गर्व सक्ने अवस्था बनाउने दृढता लिएर काम गरिरहेका छौँ ।’

अभियानको पहिलो चरणमा पशुपति क्षेत्रको बाहिरी भागमा भएका यस्ता संरचनाको खोजी भइरहेको छ । यसपछि क्रमशः पशुपतिको भित्री भागबाट हराएका संस्कृति र संरचना खोज्दै जानेछौँ । उनले योजना सुनाए ।

वडाले नबाली टोलमा सार्वजनिक जग्गामा बनेको घर भत्काइसकेको छ । करिब २ आना क्षेत्रफलमा बनेको उक्त घर १ तलाको थियो । घर भत्काउनु अघि कसैको हकदावी भए प्रमाण लिएर आउन २४ घण्टे सूचना दिइएको थियो । त्यस घरमा बस्ने एक जना वृद्धाको मृत्यु भएपछि त्यसको हकदावी गर्न कोही नआएको वडा नम्बर ८ ले दाबी गरेको छ । यसपछि महानगर प्रहरी बल परिचालन गरेर अनधिकृत संरचना भत्काइएको हो ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS