images

कांग्रेसले इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि १८ गते उम्मेदवार तय गर्ने

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि चैत १८ गते उम्मेदवार तय गर्ने भएको छ ।

प्रतिनिधिसभा अन्तरगत इलाम–२ र प्रदेशसभा अन्तरगत बझाङ १ मा वैशाख १५ गते हुने उपनिर्वाचनका लागि कांग्रेसले चैत १८ गते उम्मेदवार सार्वजनिक गर्ने तयारी गरेको हो ।

कांग्रेसमा संसदीय बोर्डले उम्मेदवार चयन गर्ने विधानको व्यवस्था छ । कांग्रेसमा इलाम–२ का लागि ७ जनाको नाम केन्द्रमा सिफारिस गरिएको छ । जसमा भेषराज आचार्य, केशव थापा, डम्बर खड्का, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र चन्द्रकला राईको नाम छ ।

गत निर्वाचनमा एमालेका दिवङ्गत नेता सुवासचन्द्र नेम्बाङसँग कांग्रेसका जिल्ला सभापति खड्का ११४ मतले पराजित भएका थिए ।