images

संयुक्त राष्ट्रसंघद्वारा गाजामा तुरुन्त युद्ध विराम गर्नुपर्ने प्रस्ताव पारित 

काठमाडौं– संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले गाजामा तुरुन्त युद्ध विराम गर्नुपर्ने प्रस्ताव पास गरेको छ ।
सुरक्षा परिषद्ले यस्तो प्रस्ताव पारित गरेसँगै इजरायलले आफ्नो प्रतिनिधिमण्डलको अमेरिका भ्रमण रद्द गरेको छ । चीनले राखेको युद्ध विरामको प्रस्ताव मतदानबाट टुङ्गो लगाइएको हो । मतदानमा अमेरिकाले भने भाग लिएन ।
उक्त प्रस्ताव रोक्न अमेरिकाले भिटो प्रयोग गरोस् भन्ने इजरायलको चाहना थियो । तर बहुमत सदस्यहरूले युद्ध विराम रोक्नुपर्ने पक्षमा मतदान गरेका छन् । यसअघि अमेरिकाले ल्याएको यस्तै एक प्रस्तावमा चीन र रुसले भिटो प्रयोग गरेर रोकेका थिए । चीनले आफूले राखेको प्रस्ताव पास भएकोमा खुसी व्यक्त गरेको छ ।
यसका लागि अल्जेरिया र अन्य अरब देशले कडा मिहिनेत गरेको भन्दै चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले प्रशंसासमेत गरेका छन् । गत ७ अक्टोबरमा इजरायलमाथि हमासले आक्रमण गरेपछि इजरायलले हमास नियन्त्रित गाजा क्षेत्रमा सैन्य कारबाही जारी राखेको छ ।
 यो कारबाहीमा हालसम्म ३२ हजार २२६ जनाको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।