images

टी-२० अभ्यास खेलमा नेपालको लगातार दोस्रो जित, आयरल्यान्ड ‘ए’माथि ७१ रनको जित

काठमाडौं– टी–२० क्रिकेटमा नेपालले आयरल्यान्ड ‘ए’ लाई ७१ रनको फराकिलो अन्तरले पराजित गरेको छ । शृङ्खलामा नेपालको यो दोस्रो जित हो । यसअघि सोमबार खेलिएको पहिलो खेलमा नेपालले आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको थियो ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ९८ रनको योगफल बनाएको थियो । ठुलो लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको आयरल्यान्ड ‘ए’ ले १८।३ ओभरमा अलआउट हुनुअघि १ सय २७ रन मात्र बनाउन सक्यो ।