images

धनगढी उपमहानगरपालिकाका मेयर हमालकी छोरी भेटिइन

काठमाडौं– भारतको गोवाबाट सम्पर्क विहीन भएकी धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी आफन्तको सम्पर्कमा आएकी छन्। सोमवारदेखि सम्पर्कविहीन भएकी आरती हमाल सम्पर्कमा आएकी पारिवारिक स्रोतले जनाएको छ ।

उनी भारतको गोवामा एक विदेशी किशोरीसँग रहेको भेटिएको हो। अमेरिकामा बस्ने नेपालीले उनीहरूको तस्विर सहितको पोस्ट देखेपछि परिवारमा सम्पर्क गरेका हुन्। आरतीकी आमा शारदाका अनुसार उनीहरू भारतको गोवामा छन्। उनले भनिन, ‘छोरी गोवामै रहिछे। एक विदेशी केटीले फोटो हालेपछि अमेरिकामा भएकाले सम्पर्क गर्नु भयो। छोरी र ज्वाइँ पुग्नु भएको छ।’

उनी सम्पर्कमा आएपछि बैनी आरजु उनका श्रीमान् रीतेज भट्ट गोवा पुगेका हुन्। उनी ओशो साधक पनि हुन् । केही महिनादेखि आरती ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिइन् । तर सोमबारदेखि भारतको जोरबा वाइब आस्बिन ब्रिजबाट उनी सम्पर्कविहीन भएको उनको साथीबाट खबर प्राप्त भएको हमालले आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए ।