images

सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन गृहमन्त्री लामिछाने राज्य व्यवस्था समितिको बैठकमा उपस्थित

काठमाडौं–गृहमन्त्री रवि लामिछाने प्रतिनिधि सभा अन्तर्गत रहेको राज्य व्यवस्था एवम् सुशासन समितिको बैठकमा सहभागी भएका छन् । उक्त समितिको सभापतिमा कांग्रेस नेता रामहरि खतिवडा रहेको छन्।

बैठकमा सम्बन्धित मन्त्रालयको काम कारबाही र समसामयिक विषयमा मन्त्री समेतको उपस्थितिमा छलफल भइरहेको छ । समितिमा यस अघि पोखराको सूर्य दर्शन सहकारीका पीडितहरूले उजुरी दर्ता गराएका थिए ।

बैठकमा समितिका सांसदहरूले उठाएको प्रश्नको मन्त्री लामिछानेले जवाफसमेत दिनेछन् ।