images

कर्जन्हा नगरपालिकाका तत्कालीन नगर प्रमुख गङ्गा पासवानसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं– सिराहाको कर्जन्हा नगरपालिकाका तत्कालीन नगर प्रमुख गङ्गा पासवानसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८÷७९ मा नगरपालिकाको प्रशासनिक भवन निर्माणको लागि भएको ठेक्कामा अनियमितता गरेको आरोपमा उनीहरू विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
 अख्तियारले तत्कालीन मेयर पासमान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलले स्थानीय तहको केन्द्र परिवर्तन नहुँदै प्रशासनिक भवन बनाउनको लागि बोलपत्र आह्वानको लागि निर्णय गरी सार्वजनिक सम्पत्तिको नोक्सानी पुर्याएको ठहर गरेको छ ।
त्यस्तै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार र लेखापाल प्रवीणकुमार महतोले निर्माण स्थलको व्यवस्था नभई भवन बनाउनको लागि सम्झौता गरेको र निर्माण कम्पनीलाई पेस्की रकम दिएको अख्तियारले दाबी गरेको छ ।
निर्माण व्यवसायी महालक्ष्मी÷पाण्डे एन्ड कम्पनी÷ड्रागन जेभीका आधिकारिक प्रतिनिधि बैजनाथ यादवले कर्जन्हा नगरपालिकाको प्रशासनिक भवन निर्माणको लागि पेस्की लगेर काम सुरु नगरेको अख्तियारको भनाइ छ । अदालतको आदेशसमेत नमानी सार्वजनिक सम्पत्तिको नोक्सानी पु¥याएको भन्दै अख्तियारले सबै प्रतिवादीलाई १ करोड ८ लाख रुपैयाँ बिगो कायम गरी जरिवाना गन