images

एमाले निकट अनेरास्ववियुकि नेतृ रक्षा बम पक्राउ

काठमाडौं– सत्तारुढ दल नेकपा एमाले निकट अनेरास्ववियुकी नेतृ राजमती उर्फ रक्षा बमलाई प्रहरीले पक्राउ गरेको छ । अनेरास्ववियुको स्थायी कमिटी सदस्यसमेत रहेकी बमलाई प्रहरीले मङ्गलवार पक्राउ गरेको जनाएको छ।

कैलालीको धनगढी घर भएकी बमलाई महाराजगन्ज प्रहरीले बालाजु क्षेत्रबाट नियन्त्रणमा लिएको हो । बमविरुद्ध आपराधिक लाभ लगायत चोरीको समेत मुद्दा दायर भएको थियो ।

बम हाल काठमाडौंमै बस्दै आएकी थिइन्। उनी तपोवन क्षेत्रमा ध्यानमा रहेकै बेला प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । उनीमाथि म्याद थपेर थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ।