images

२२ वटा निर्माण र आपूर्ति कम्पनी परे कालो सूचीमा

काठमाडौं– सरकारले विभिन्न २२ वटा निर्माण र आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राखेको छ ।

सार्वजनिक खरिद अनुगमनको कार्यालयले सार्वजनिक सूचना जारी गर्दै विभिन्न २३ आयोजना समयमै पूरा नगर्ने २२ वटा कम्पनीलाई कालो सूचीमा राखेको जानकारी गराएको हो ।

सम्बन्धित सार्वजनिक निकायको सिफारिसमा दुई कम्पनीलाई तीन वर्ष, एक कम्पनीलाई दुई वर्ष, एउटालाई साढे एक वर्ष र बाँकीलाई एक वर्षका लागि कालो सूचीमा राखिएको कार्यालयले जनाएको छ ।

हेर्नुहाेस् सूची यस्ताे छ