images

प्रचण्ड सरकारलाई समर्थन गर्ने नागरिक उन्मुक्ति पार्टीको निर्णय

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीले एमाले–माओवादी र रास्वपासहितको गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ ।

बुधवार नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्यको बैठकले सङ्घ र प्रदेश सरकारमा नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको हो । संस्थापक केन्द्रीय सदस्य रमेश विकले सबै तहको सरकारमा सत्ता गठबन्धनलाई समर्थन गरेर अघि बढ्ने निर्णय गरेको जानकारी दिए ।

२१ जना केन्द्रीय सदस्य मध्ये बैठकमा १२ जना सहभागी थिए । यसअघि नाउपाका संरक्षक रेशमलाल चौधरी पक्षीय संस्थापक केन्द्रीय सदस्यको बैठकले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन नगर्ने निर्णय गरेको थियो ।