images
images

सुनले बनायो पुनः नयाँ रेकर्ड

काठमाडौं–नेपाली बजारमा सुनको मूल्यले दिन प्रतिदिन नयाँ रेकर्ड कायम गरिरहेको छ । बिहीबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो

आज सुन प्रतितोला एक लाख २७ हजार नौ सय रुपैयाँ पुगेको सुनचाँदी महासङ्घले जनाएको छ । यसअघि गत चैत ८ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।

उक्त दिन सुन प्रतितोला एक लाख २७ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।

बुधवार प्रतितोला चार सय रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार एक सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २७ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २७ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

बुधवार छापावाल सुन प्रतितोला एक लाख २६ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २६ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसै गरी चाँदीको मूल्य प्रतितोला एक हजार पाँच सय १० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS