काठमाडौं– पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाबिच लगातार भेटवार्ता भइरहेको छ ।
मङ्गलवार राती अबेरसम्म भेटवार्ता गरेका देउवा प्रचण्डबिच बिहीबार बिहान पनि भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डले बोलाएपछि कांग्रेस सभापति देउवा बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।
भेटवार्तामा सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई अघि बढाउने, संसद्लाई बिजनेस दिने लगायतका राष्ट्रिय मुद्दाहरूमा छलफल भएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । आचार्यका अनुसार राष्ट्रिय मुद्दाहरूमा सबै दल मिलेर अघि बढ्नुपर्ने प्रधानमन्त्री प्रचण्डले देउवा समक्ष प्रस्ताव राखेका थिए । उक्त प्रस्तावमा देउवा सकारात्मक रहेको बुझिएको छ ।
भेटवार्ताको क्रममा संवैधानिक परिषद् बैठकको विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।