images

इलाम-२ मा उपनिर्वाचनका लागि राप्रपाबाट लक्ष्मी गुरुङ उम्मेदवार 

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम-२ मा पार्टीका तर्फबाट उम्मेदवारको टुङ्गो लगाएको छ ।
बिहीबार बसेको संसदीय समितिको बैठकले युवा नेता लक्ष्मी गुरुङलाई उम्मेदवार छनोट गरेको हो ।
गुरुङ राप्रपानिकट विद्यार्थी सङ्गठन राप्रविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष हुन् । हाल उनी राप्रपा शिक्षा विभागका सदस्य छन् ।
यसअघि नेकपा एमाले,नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले उम्मेदवारको टुङ्गो लगाइसकेको छ ।