images
images
images

काम गर्न सकिनँ भने पद ओगटेर बस्दिनँ, अर्को उथलपुथल हुन सक्छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काम गर्न नसके पद ओगटेर नबस्ने प्रस्ट पारेका छन् । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले भने,सुशासन कायम गरेर विकासलाई गति दिने काम पनि भएका छन्। अहिले समीकरण चेन्ज भएको छ। गण्डकीको मुख्यमन्त्रीज्यूले उथलपुथलकारी कदम भनिदिनुभयो। उथलपुथल त मैले भनेको थिएँ। म साँचै भन्छु कुनै पनि काम अगाडि बढ्न सकेन भने मैले अर्को उथलपुथल गर्न बेर लाग्दैन। त्यो अरूलाई भनेको होइन। मेरै लागि भनेको हो।

उनले थप्दै भने,मैले भन्ने गरेको कामै गर्न नसक्ने स्थिति भयो भने पद ओगटेर बसिराख्न जरुरी हुँदैन। मैले जनतालाई पनि भनेको छु। अहिले पनि पदको सुरक्षाको लागि समीकरण अर्को बनाएको पनि होइन। पद त मेरो सुरक्षित थियो। तर, काम अझै तीव्र गतिमा गर्न सकियोस्।

उनले सुशासन र विकासको काम अझै अगाडि बढाउनु पर्ने कुरामा जोड दिँदै भने, त्यो पनि हुन सकेन भने पद ओगटिराख्नेको औचित्य पुष्टि हुँदैन। त्यसमा म सचेत छु। त्यसैले मैले अरूलाई अप्ठ्यारो पार्ने गरी उथलपुथल बनेको होइन। फेरि मैले यस्तो भन्यो भनेर अर्को जाला तर, काम गर्न सकिँदैन भने पदमा बस्न हुँदैन भन्नेमा दृढ छु ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS