images
images

परीक्षा सञ्चालन भएको १० मिनेट नबित्दै नेपालीको प्रश्न पत्र बाहिरियो

काठमाडौं–सिरहामा परीक्षा सञ्चालन भएको १० मिनेट नबित्दै एसइई परीक्षाको नेपाली विषयको प्रश्न पत्र बाहिरिएको पाइएको छ।

परीक्षा सुरु भएको १० मिनेटमै नेपाली विषयको प्रश्न पत्र बाहिरिएको हो। त्यहाँ सक्रिय भएका टोलीलाई परीक्षा हलबाट एक थान प्रश्न पत्र केन्द्राध्यक्ष र गार्डहरूकै सहयोगमा बाहिर निकालिएको थियो।

 

त्यहाँबाट तस्बिर खिचेर सामाजिक सञ्जाल ह्वाट्सएपमार्फत छ्यापछ्याप्ती बनाइएको छ।

परीक्षा हल वरिपरि फोटोकपी मेसिन सहित चिट बनाउने टोलीहरू सकृयरूपमा बसेका छन्। सिरहा जिल्ला भरी नै नेपाली विषयको प्रश्न पत्र सामाजिक सञ्जाल मार्फत निजी विद्यालयहरूको हात हातमा पुगेको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS