काठमाडाैं- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ गते विश्वासको मत लिने भएका छन् ।
गत फागुन २३ गते नेपाली काङ्ग्रेसले आफ्नो ६ जना मन्त्री बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमत परेको सरकारका मुख्यमन्त्री जम्कट्टेलले १९ गते विश्वासको मत लिने भएका हुन् ।
माओवादी केन्द्रका मुख्य सचेतक रत्न ढकालले आज प्रस्ताव दर्ता गरेका छन् ।
११० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६ मत आवश्यक पर्छ । बागमतीमा एमालेको २७, माओवादी केन्द्रको २१, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको दुई सिट रहेको छ ।