images

केही समयपछि फेरि कांग्रेस सरकारमा आउँछ: महामन्त्री थापा 

काठमाडौं–नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेस पुनः सरकारमा आउने दाबी गरेका छन् । संवाद यात्राको क्रममा कपिलवस्तुको लुम्बिनीमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले कांग्रेस पुनः सरकारमा पुग्ने दाबी गरेका हुन् ।

सम्बोधनका क्रममा थापाले भने, ‘भर्खर त गएको हो । एक डेढ हप्ता भयो । फेरि आइहाल्छ । धेरै पनि छैन । केही समय पछि फेरि आउँछ । सरकारले त कांग्रेसलाई पछ्याइहाल्छ । ’ उनले एमाले, माओवादी, नयाँ दलले निराशाबाट देशलाई बाहिर निकाल्न कांग्रेस नेतृत्वको सरकारको आवश्यकता भएको औँल्याए ।

रास्वपा लक्षित अभिव्यक्ति दिँदै महामन्त्री थापाले नयाँ दलले हल्ला बाहेक केही गर्न नसक्ने दाबी गरे । पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेर बहादुर देउवाबिचको भेटवार्ताले सत्तारुढ गठबन्धन फेरिन सक्ने आशङ्का समेत गरिँदै आएको छ ।