images

१९ वर्षीया किशोरीको हत्या आरोपित सार्वजनिक

काठमाडौं–पाल्पामा किशोरीको हत्या गरेको आरोपमा एक जना युवकलाई प्रहरीले सार्वजनिक गरेको छ । चैत १३ गते रिब्दीकोट गाउँपालिका–१, ख्याहाकी १९ वर्षीया किशोरी पदमा सुनारको हत्या गरेको आरोपमा सोही गाउँकै १९ वर्षीय सागर भन्ने देवलाल सार्कीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

गाउँकै लप्सीखोलामा नुहाउन गएकी पदमासँग खोलामै विवाद भएको र फर्की आउने क्रममा पछाडिबाट हँसियाले प्रहार गरेको देवलालले प्रहरीसमक्ष स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरिक्षक सुगन्ध श्रेष्ठले बताए । प्रहरी नायव उपरिक्षक श्रेष्ठका अनुसार सागरले हत्या गर्दा प्रयोग गरेको धारिलो घरेलु हतियार हंँसिया, हत्याका बखत लगाएको कपडा, चम्पल, खादालगायत सामग्री बरामद गरेको छ ।

किशोरीको हत्यापछि उनको साथबाट मोबाइलसमेत निज देवलालले लिएर हिँडेका थिए ।