images

आयरल्यान्ड ए विरुद्ध नेपालका लोकेशले गरे शतक प्रहार

काठमाडौं–आयरल्यान्ड ए विरुद्ध नेपालका लोकेश बमले शतक प्रहार गरेका छन् । शतक पूरा गर्ने क्रममा उनले ५२ बलमा ८ चौका र ८ छक्का प्रहार गरे ।

लोकेशसँग साझेदारी गरेका आरिफ शेख पनि अर्ध शतक नजिक छन् । उनले २१ बलमा ४५ रन बनाएका छन् । लोकेश १०६ रन बनाएर आउट हुन पुगे ।

त्रिवि मैदान कीर्तिपुरमा आयरल्यान्ड ए विरुद्ध २२३ रनको लक्ष्य पछ्याएको नेपाल ताजा अवस्थामा १५.४ ओभरमा १ सय ८५ रन बनाएर खेलिरहेको छ ।