images

सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दललाई नाउपाको लिखित निर्देशन 

काठमाडौं–नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिएको छ ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले शुक्रवार सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीलाई  समर्थन फिर्ता लिन र सरकारबाट बाहिर आउन निर्देशन दिएकी हुन् ।

लिखित निर्देशनमा भनिएको छ, १४ चैतमा टीकापुरमा बसेको पार्टी बैठकले समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ ।  ‘सोही बमोजिम सरकारबाट बाहिर आउन निर्देशन गर्दै छु, अन्यथा पार्टीको विधान आकर्षित गरिनेछ ।’