images

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश 

काठमाडौं–नेपाली कांग्रेसका  सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । भ्रष्टाचार मुद्दाको आरोप लागपछि निलम्बित भएका गुरुङ निलम्बन फुकुवाको माग गर्दै सर्वोच्च अदालत पुगेका थिए ।

गुरुङलाइ भृकुटीमण्डपस्थित फन पार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतले दोषी ठहर गरेको थियो । उनले आफूलाई जरिवाना मात्रै भएको तर कैद सजाय नभएकाले सांसद पद निलम्बन फुकुवाको मागसहित रिट दायर गरेका थिए ।

गुरुङले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश द्वय मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले उनको निलम्बन फुकुवा गर्न अन्तरिम आदेश दिएको हो । गुरुङको निलम्बन फुकुवा भएसँगै कांग्रेसमा अब एक सांसद थपिएको छ ।